
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य यथावत छ । आज पनि अघिल्लो दिनको मूल्यमा सुनको कारोबार भइरहेको हो ।
जसअनुसार सुनको मूल्य तोलामा १ लाख ५० हजार ५ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ ।
चाँदीको मूल्य तोलाको १ हजार ७ सय ४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७ सय ३५ रुपैयाँ थियो ।