जोडिनुहोस
  • होमपेज
  • उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।

बुधबार राति उपचारका क्रममा न्यायाधीश रेग्मीको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।

ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ ।

उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ । उनी न्याय प्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए ।

पर्वत स्थायी घर भएका न्यायाधीश रेग्मी ६१ वर्षका थिए । न्यायाधीश रेग्मीका श्रीमती र छोरी छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका