जोडिनुहोस
  • होमपेज
  • ब्राउन सुगरसहित कोटेश्वरबाट ८ जना पक्राउ

ब्राउन सुगरसहित कोटेश्वरबाट ८ जना पक्राउ

काठमाडौं। अवैध लागुऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट ८ जना पक्राउ परेका छन्।

कोटेश्वरमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गरी प्रहरीले उनीहरूको साथबाट ३३।७६ ग्राम ब्राउन सुगर बरामद गरेको हो।

ललितपुरका २७ वर्षीय रफिस अवाले, काभ्रेपलाञ्चोक नमोबुद्धका १९ वर्षीय रिसफ श्रेष्ठ, मोरङ कानेपोखरीका २१ वर्षीय रेमन राई, बेलबारीका ३३ वर्षीय अमितकुमार चौधरी र ३६ वर्षीय प्रमोद राई, पाँचथरको मिक्लाजुङका २८ वर्षीय मेहरमान भुजेल र फिदिमका २७ वर्षीय टिम्पल तामाङ, फाल्गुनन्दका २९ वर्षीय भीमकुमार चेम्जोङ पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले आज जानकारी दिएको हो।

प्रहरीले उनीहरूको साथबाट लागुऔषध ट्रामाडोल आठ ट्याब्लेट, मोटरसाइकल र स्कुटर एकएक थान, नगद ५५ हजार दुई सय, १४ थान मोबाइल, आइप्याड एक थान, झोला एक थान, तौल गर्ने डिजिटल मेसिन एक थान र पर्स एक थान बरामद गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका