जोडिनुहोस
  • होमपेज
  • पिताले जन्मदर्ता गराइनसक्दै इजरायली सेनाबाट मारिए चार दिने जुम्ल्याहा

पिताले जन्मदर्ता गराइनसक्दै इजरायली सेनाबाट मारिए चार दिने जुम्ल्याहा

पिताले जन्मदर्ता गराइनसक्दै इजरायली सेनाबाट मारिए चार दिने जुम्ल्याहा

गाजा ।गाजा क्षेत्रमा इजरायलले नरसंहार जारी राखेको छ । दैनिक सर्वसाधारणको बस्तीमा बम बर्साउने क्रममाले सबैभन्दा धेरै बालबालिका र महिला मारिएका छन् ।

पछिल्लो पटक इजरायली हमलाको यस्तै दर्दनाक घटना बाहिरिएको छ। एकजना पिता चार दिनअघि मात्रै जन्मिएका जुम्ल्याहाको जन्मदर्ता गराउन गएका बेला घरमा इजरायलले बम खसालिदियो । त्यसक्रममा ती दुवै जुम्ल्याहा मारिएका छन् ।

इजरायले पछिल्ला दिनमा दक्षिणी गाजाको रफाहमा सेनाको कारबाही तीव्र पारिएको जनाएको छ । पछिल्लो हमलामा गाजाको रफाहमा १०० जना हमासका लडाकु मारिएको जिकिर इजरायलले गरेको छ ।

प्यालेस्टिनी स्वास्थ्यकर्मीका अनुसार मंगलबार गाजामा इजरायली हवाई हमलाका क्रममा १९ जना सर्वसाधारणको ज्यान गएको छ ।

मारिनेमा तीन १९ मध्ये दुईजना चार दिनका जुम्ल्याहा पनि छन् । आफू जन्म दर्ता गराउन गएका बेला यता घरमा इजरायलले बम हान्दा दुवै शिशु मारिएपछि बाबुको रोएर बिजोग भएको छ ।

जुन शिशुलाई उनले घरमा छोडेर जन्मदर्ता प्रमाणपत्र लिन गएका थिए, फर्केर आउँदा दुवै शिशुसहित परिवार नै सखाप भइसकेको उनले देखे । पूरा परिवार मारिएको देखेपछि ती बाबु गहिरो शोकमा परेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका