जोडिनुहोस
  • होमपेज
  • घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ घटेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार छ रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options