जोडिनुहोस
  • होमपेज
  • बाजुराको रुगीन स्वास्थ्य चौकीमा आगलागी, स्वास्थ्य उपकरण र औषधि नष्ट

बाजुराको रुगीन स्वास्थ्य चौकीमा आगलागी, स्वास्थ्य उपकरण र औषधि नष्ट

धनगढी। बाजुराको विकटमा पर्ने हिमाली गाउँपालिका–५ स्थित रुगीन स्वास्थ्य चौकीमा आगलागी भएको छ।

आइतबार दिउँसो भएको आगलागीबाट स्वास्थ्य चौकीको १० कोठे भवनसहित त्यहाँ रहेका सम्पूर्ण स्वास्थ्य उपकरण, औषधिलगायत सामग्री नष्ट भएको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए।

स्वास्थ्य चौकीमा रहेको विद्युतीय उपकरण चलाउने बेला आगलागी भएको बुझिएको भण्डारीले बताए। उनका अनुसार १० वर्षअघि ढुंगा र काठ प्रयोग गरेर उक्त स्वास्थ्य चौकी निर्माण गरिएको थियो।

‘रुगीन स्वास्थ्य चौकी बाजुरामै पुरानोमध्येको स्वास्थ्य संस्था हो। निकै विकटमा पर्ने भएकाले त्यहाँ भिडियो एक्सरे मेसिन, औषधि, ल्याबलगायतका थुप्रै स्वास्थ्य उपकरण थिए,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने, ‘त्यहाँ बर्थिङ सेन्टर पनि थियो। झण्डै एक करोड मूल्य बराबरका त स्वास्थ्य सामग्री मात्रै थिए। सबै जलेर नष्ट भएको खबर छ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options