जोडिनुहोस
  • होमपेज
  • राखेप र एन्फाबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतिका निम्ति छलफल

राखेप र एन्फाबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतिका निम्ति छलफल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतिका विषयमा छलफल भएको छ । मैदान स्तरोन्नतिका निम्ति लाग्ने समय, बजेटलगायत विषयमा गएको बुधबार दुई पक्षबीच प्रारम्भिक छलफल भएको हो ।

सदस्यसचिव घिसिङले मैदानको स्तरोन्नति गर्न लाग्ने समयसीमा, बजेटलगायत विषयमा चासो व्यक्त गरेका थिए । त्यस कार्यका निम्ति दुवै पक्ष गम्भीर भएर पहल गर्नुपर्नेमा उनले जोड दिए ।

“दशरथ रंगशालाको मैदान स्तरोन्नति गर्न कति समय लाग्छ ? कति बजेट लाग्छ ? प्रारम्भिक खाका तयार गरी पेस गर्नुहोला,” उनले भने, “समयसीमा तोकेर प्रारम्भिक खाका तयार गर्नुहोला । त्यसपछि राखेप र एन्फा मिलेर मैदान स्तरोन्नतिका लागि गम्भीर भएर पहल गर्नु आवश्यक छ । बजेटका कारण कुनै पनि हालतमा रोकिनु हुँदैन ।”

यो विषयमा राखेपले एन्फालाई पत्रचार पनि गरिसकेको छ । अध्यक्ष नेम्वाङले परामर्शदाताबाट सुझाव लिएर मैदान स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका