जोडिनुहोस
  • होमपेज
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आह्वान

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । आउँदो भदौ ९ देखि ११ गते बैठक बस्ने महासचिव घनश्याम भुसालले जानकारी दिए ।

बैठक काठमाडौंमा बस्ने भए पनि स्थान भने तय हुन बाँकी रहेको प्रचार विभागले जनाएको छ । केन्द्रीय कमिटीका सदस्यको शपथग्रहण, केन्द्रीय संरचनाको निर्माणलगायत ऐजेन्डा रहेको जनाइएको छ ।

एकीकृत समाजवादीले ३४४ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । असार १६–२१ गतेसम्म भएको पार्टीको महाधिवेशनले ९३ सदस्य मात्रै चयन गरेको थियो । महाधिवेशनको करिब महिनापछि केन्द्रीय कमिटीले पूर्णता पाएको थियो ।

२१ मध्ये १८ पदाधिकारी छान्न बाँकी छ । महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत चयन भएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका