जोडिनुहोस
  • होमपेज
  • भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार : नारायणकाजी श्रेष्ठ

भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको आरोप लगाएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् ।

आफूहरू बेदाग भएर सरकारबाट निस्किएको उनले जिकिर गरे । उनले इतिहासले दिएको जिम्मेवारी पूरा गर्नु आफूहरूका निम्ति महत्त्वपूर्ण रहेको बताए । इतिहासले सुम्पिएको जिम्मेवारी भनेको पार्टीलाई एकताबद्ध, सुदृढ गर्ने रहेको उनले उल्लेख गरे ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीलाई एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली बनाउन वैचारिक, सांस्कृतिक रूपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका