जोडिनुहोस
  • होमपेज
  • मन्दिरबाट फर्कने क्रममा चट्याङ लागेर एक जनाकाे मृत्यु

मन्दिरबाट फर्कने क्रममा चट्याङ लागेर एक जनाकाे मृत्यु

जुम्लामा एक जना पुरुषको चट्याङ लागेर मृत्यु भएको छ। चन्दननाथ नगरपालिका-२ बस्ने ४० वर्षीय धनसुर बुढाको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो।

मुगु छायानाथ नगरपालिका-१० स्थित ऋणमोक्ष मन्दिर दर्शन गरी घर फर्कने क्रममा जुम्ला पातारासी गाउँपालिका-४ भेरीनाकी पाटनस्थितमा चट्याङ लागेर धनसुरको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

यता महोत्तरीको  लोहारपट्टी नगरपालिका-५ लोहारपट्टी बस्ने २४ वर्षीय आरिफ शेखको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ।

बलबा नगरपालिका-११ रौजा बस्ने नुख्तार शेखको साउन्ड सिस्टममा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका