
बागलुङ । भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ–पूर्वीरुकुम सडक अवरुद्ध भएको छ ।
लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा यात्रु र सवारी साधन बिच बाटोमै रोकिएका छन् । अवरद्ध सडक खोल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।