जोडिनुहोस
  • होमपेज
  • सिरहामा सुनचाँदीका गहनासहित एक जना पक्राउ

सिरहामा सुनचाँदीका गहनासहित एक जना पक्राउ

सिरहा। सिरहामा सुनचाँदीका गहनासहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथर घर भई हाल झापामा बसिरहेका २८ वर्षीय रोशन बराइली रहेका छन्।

उनलाई प्रहरीले सिरहा नगरपालिका ७ महिसोथाबाट प्र १–०१–०१४प ४६२५ नम्बरको मोटरसाइकलमा गइरहेको बेला अवैध गहनासहित पक्राउ गरेको हो।

बराइलीले बोकेको झोलाबाट हरियो पोतेमा जडित सुनका १८ थान माला, ३० थान रातो पोतेमा जडित माला, ५ थान सेतो मोती जडित माला, ६ थान खुला चन्द्रमा, पोतेमा जडित चक्र थान चक्र, पोतेमा जडित मङ्गलसुत्र एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी मुक्ति सापकोटाले जानकारी दिए।

बरामद सुन तौल गर्दा जम्मा २६।५ ग्राम भएको र तीन लाख ३५ हजार २२८ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ। उक्त गहना अवैध रहेको प्रहरीको दाबी छ।

यस्तै सुनका बाला ६४ थान, ब्रास्लेट ११ थान, चुरा २९ थान र रड १ थान गरी २ किलो ६५२।४ ग्राम अर्थात २ लाख १७ हजार ६८० मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका