जोडिनुहोस
  • होमपेज
  • कञ्चनपुर र बाँकेबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

कञ्चनपुर र बाँकेबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले कञ्चनपुर र बाँकेबाट अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

जसमा कञ्चनपुरको भिमदत्त नगरपालिका ३ भाँसिस्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ किलोग्राम र नगद १२ हजार ९ सय ३० रुपैयाँ सहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका ६ बस्ने ५३ वर्षीय शिवराज भट्ट र बेदकोट नगरपालिका ३ बस्ने ३७ वर्षीय सुरेश सुनार रहेका छन् । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै बाँकेको नेपालगंज उपमहानगरपालिका १८ भाटभटेनीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित दुई जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय मोहित दिन बेहना र २४ वर्षीय अर्जुन चमार रहेका छन् । अस्थायी प्रहरी बिट सिद्धार्थ भ्यू र लागू औषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भे।१ प ८६६८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका