जोडिनुहोस
  • होमपेज
  • सहकारीको बचत अपचलन : रास्वपा सहमहामन्त्री आचार्यसँग संसदीय समितिले लियो बयान

सहकारीको बचत अपचलन : रास्वपा सहमहामन्त्री आचार्यसँग संसदीय समितिले लियो बयान

काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको छ।

आइतबार समितिले सिंहदरबारस्थित आफ्नै सचिवालयमा आचार्यसँग बयान लिएको हो। आचार्य गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टरका रूपमा समेत काम गरेका थिए।गितेन्द्रबाबु ९जीबी० राई नेतृत्वमा खुलेको सहकारीबाट बचतकर्ताको रकम अपचलनमा रास्वपा सभापति लामिछाने मात्र होइनन् पार्टीका सहमहामन्त्री आचार्य पनि जोडिएका छन्।

२०७८ पुस ६ मा सूर्यदर्शन सहकारीबाट १ करोड र पुस १२ मा सुप्रिम सहकारीबाट १ करोड ५६ लाख १५ हजार गरी कुल २ करोड ५६ लाख १५ हजार रुपैयाँ आचार्यको तर्फबाट गोर्खा मिडियामा गएको कागजातहरूबाट खुलेको छ । आचार्यले सहकारीको रकम गोर्खा मिडियामा ल्याएका मात्र होइनन्, गोर्खा मिडियाबाट आफ्नो कम्पनीमा पनि सारेका छन् ।

आचार्यकी श्रीमती सुरक्षा अधिकारीको नाममा स्थापना भएको ‘नोबडी प्रोडक्सन प्रालि’ को खातामा गोर्खा मिडियाबाट ५ करोड ३५ लाख रुपैयाँ रकम ट्रान्सफर भएको छ। गोर्खा मिडिया नेटवर्कको क्रियटिभ डाइरेक्टर रहेका आचार्यले टेलिभिजनबाट कार्यक्रम भने आफ्नो निजी कम्पनीबाट उत्पादन गरी टेलिभिजनलाई बेच्ने गर्दथे।

ग्यालेक्सी टेलिभिजनमा ‘सारेगम लिटिल च्याम्प्स नेपाल’ प्रसारण थियो । यो कार्यक्रम ग्यालेक्सीबाट ३७ भाग प्रसारण भएको थियो । जसको भुक्तानी भने सुप्रिमका बचतकर्ताको रकमबाट नोबडी प्रडक्सनलाई गरिएको देखिन्छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका