
काठमाडौं । कान्ति बाल अस्पताललले एक्स्टेन्डेन्ड हेल्थ सर्भिस (इएचएस) अन्तर्गत क्लिनिक सेवा सुरु गरेको छ । अस्पतालले बिरामीको चापलाई मध्यनजर गर्दै भदौ २ गतेबाट सो सेवा सुरु गरेको हो ।
दिउँसो ३ बजेदेखि सञ्चालन हुने इएचएसमा मेडिकल, सर्जिकल, डेन्टल र इएनटी ओपीडी सेवा उपलब्ध छन् ।
इएचएसको शुल्क ४५० रुपैयाँ तोकिएको छ । कान्तिको ओपीडीमा दैनिक ६०० देखि ७०० बिरामी आउने गरेका छन् ।