जोडिनुहोस
  • होमपेज
  • दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापना गर्छौं : गृहमन्त्री लेखक

दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापना गर्छौं : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिमलाई भारत र चीनसँग जोड्न दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापना गर्ने बताएका छन् ।

चौपातो नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘विशिष्ट प्रतिभा सम्मान तथा बृहत् साङ्गीतिक काव्य गोष्ठी’ मा उनले दार्चुलाको तिंकरमा ३–४ महिनाभित्रै अध्यागमन कार्यालय स्थापना गरिने बताएका हुन् ।

महाकाली करिडोर, सेती लोकमार्गलगायतका महत्वपूर्ण परियोजना अगाडि बढाएर मित्र राष्ट्रहरू भारत र चीनसँग जोडिने गृहमन्त्री लेखकको भनाइ छ । ‘यसका लागि ३–४ महिनामा तिंकर नाकामा अध्यागमनको कार्यालय स्थापना गरि तेस्रो मुलुकका नागरिकलाई मानसरोवर, कैलाश जाने बाटो अगाडि बढाउने योजना अगाडि सारेको छु,’ उनले भने, ‘सुदूरपश्चिमबाट भारत र चीनलाई जोड्ने काम गर्ने छौँ । यसले सुदूरपश्चिमको विकासमा टेवा पुग्ने छ ।’

कार्यक्रममा सुदूरपश्चिमको भूमिसँग जोडिएका प्रतिभालाई सम्मान गरिएको थियो । सुदूरपश्चिमको भाषामा अमूल्य योगदान दिने आरडी प्रभास चटौत, नारी सशक्तीकरण र साहित्य लेखनमा पुर्‍याएको योगदानका लागि विजया श्रेष्ठ केसीलाई सम्मान गरिएको थियो । यस्तै नेपाली राष्ट्रिय महिला भलिबल टिमका प्रमुख प्रशिक्षक जगदीश भट्ट, नेपाली शास्त्रीय संगीतको क्षेत्रमा पुर्‍याएको योगदानका लागि गायक तिलकसिंह पेला, साहित्यकार हेमबाबु लेखकलगायत पनि सम्मानित भएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका