जोडिनुहोस
  • होमपेज
  • परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस.जयशंकरसँग भेटवार्ता गरेकी छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी हित र पारस्परिक सहयोगका विषयमा छलफल भएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री राणाले हिजो नयाँदिल्ली पुगेकी हुन् ।

राणाले आजै साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछिन् । राणा परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएयता नेपालको तर्फबाट भारतमा यो पहिलो उच्च स्तरीय भ्रमण हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका