
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले घटेर प्रतितोला १ लाख ५२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । मंगलबार चाँदी तोलामा १० रूपैयाँले बढेर १ हजार ८ सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।