जोडिनुहोस
  • होमपेज
  • गाईजात्रा : रिपोर्टस् क्लबमा कलाकारहरूले गरे नेताहरूको क्यारिकेचर

गाईजात्रा : रिपोर्टस् क्लबमा कलाकारहरूले गरे नेताहरूको क्यारिकेचर

काठमाडौं । विकृतिविरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा पर्व मनाइएको छ ।

हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ । गाईजात्राको धार्मिक, सांस्कृतिक महत्व र विश्वाससँगै यो पर्व हाँस्यव्यङ्ग्यसँग पनि जोडिएको छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना समेत आयोजना हुदै आएको छ ।

यस्तै गाईजात्राका अवसरमा रिपोटर्स क्लब नेपालले मंगलबार काठमाडौंमा हास्यकलाकारसँग साक्षात्कार गरेको थियो । कार्यक्रममा हास्यकलाकारहरुले मुलुकको राजनीतिक लगाएका अवस्थाका बारेमा हास्यव्यङ्ग्यका रुपमा कटाक्ष गरेका थिए । हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को क्यारिकेचर गरे

हाँस्यकलाकार हिमेश पन्तले पनि बेतिथिमाथि व्यङ्ग गर्नुभएको थियो भने हाँस्यकलाकार जितु नेपालले वर्षौदेखि गाईजात्रामा व्यङ्ग्य गर्दापनि नेताहरू नसुध्रिएको बताए । हाँस्यकलाकार राजा राजेन्द्रले राजा राजेन्द्रले स्वर्गीय पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, महानायक राजेश हमाल, प्रधानमन्त्री ओली, शेरबहादुर देउवा, प्रचण्ड, डा। बाबुराम भट्टराइलगायतको क्यारिकेचर गरे । त्यस्तै हाँस्यकलाकार शैलेन्द्र सिम्खडाले राजनीतिक व्यक्तित्वमाथि कवितामार्फत व्यङ्ग्य गरे

पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका