जोडिनुहोस
  • होमपेज
  • चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ बाट चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको बोधिमाई नगरपालिका–१ घर भएका १९ वर्षीय विसम्बर शाह कलवार र १८ वर्षीय सुरजकुमार गोसाई छन् ।

बागमती प्रदेश–०२–०२७ प १३७६ नम्बरको मोटरसाइकल ललितपुरबाट चोरेर उनीहरुले सिन्धुली लगेका हुन् । पीडितले मोटरसाइकल चोरी भएको भनेर प्रहरी वृत्त सातदोवाटोमा निवेदन दिएका छन् ।

चोरी मुद्दाामा अनुसन्धान गर्न उनीहरुलाई वृत्त सातदोबाटोमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले  बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका