जोडिनुहोस
  • होमपेज
  • प्रसारण लाइन सरकारको प्राथमिकतामा : अर्थमन्त्री पौडेल

प्रसारण लाइन सरकारको प्राथमिकतामा : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रसारण लाइन निर्माणको लागि सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन् । प्रसारण लाइन नभएर विद्युत् खेर गएको भन्ने सुन्दै आएको र अगाडि सरकारले त्यति ध्यान नदिएको भन्दै अब सरकारले उच्च प्राथमिकता दिने बताएका हुन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पान र उपाय कार्गोले आयोजना गरेको ‘अनलकिङ इन्भेस्टमेन्ट’ कार्यक्रममा बोल्दै पौडेलले नेपालको नदी प्रणालीको अधिकतम उपभोग गर्नुपर्ने बताए । विद्युत् खपतमा पहिलो प्राथमिकता आन्तरिक खपत गर्ने र बचेको बिजुली अन्तर्राष्ट्रिय बजारमा बेच्नुपर्ने बताए ।

देशभित्र छरिएको पुँजी जलविद्युत् लगानी गर्नुपर्ने बताए । विदेशी लगानीको लागि पनि राम्रोसँग हेरेर मात्र गर्नुपर्ने बताए । लगानी कहाँबाट आएको छ ? आतंकवादको पैसा आएको छ कि ? हेर्नुपर्ने बताए । विधेयकमा पनि लगानीकर्ताको सुझावअनुसार जाने र सुझाव दिन अनुरोध गरे ।

समस्या जहाँ पनि हुने र त्यसलाई टेबलमा राखेर समाधान खोज्नुपर्ने बताए । अझै पनि सुक्खा मौसममा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको र यति प्रगति गरौँ भनेर बस्न नहुने बताए ।

अर्थतन्त्र सुधारको प्रमुख क्षेत्र भनेको ऊर्जा क्षेत्र रहेको र यसले हस्पिटल, रोड, विद्यालय पनि बन्ने हुँदा जलविद्युत् मात्र होइन समाज नै विकाश हुने इप्पान अध्यक्ष गणेश कार्कीले बताए । जलविद्युत् नै देश समृद्धिको आधार रहेको कार्कीले बताए । आयोजना निर्माण गर्दा धेरै स्थानीय ठेकेदारहरूले काम पाउने गरेको उनको भनाइ छ । यस्तै, जलविद्युत् आयोजनाले सेयर निष्कासन गर्न नपाएको भन्दै धितो पत्र बोर्ड अध्यक्ष चाँडो चयन गर्न सरकारसँग आग्रह गरे । नेपालको जलविद्युत्मा ३२ सय मेगावाट उत्पादनमा रहेको, ३९०० मेगावाट बन्दै गरेको र चार हजार मेगावाट पीपीए भएर बसेको कार्कीले बताए । लगानी गर्ने पैसा नभएको भन्दै सरकारले २० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्ने नियम बनाउनुपर्ने उनको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका