जोडिनुहोस
  • होमपेज
  • भारतले अगस्ट २३ मा राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने

भारतले अगस्ट २३ मा राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने

काठमाडौँ– भारतले अगस्ट २३ का दिन राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने भएको छ । भारत सरकारले विज्ञप्ति जारी गर्दै अगस्ट २३ मा राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने घोषणा गरेको हो ।

सन् २०२३ को अगस्ट २३ का दिन भारतको चन्द्र अभियान चन्द्रयान ३ ले सफल अवतरण गरेको अवसरमा यसै वर्षदेखि राष्ट्रिय अन्तरिक्ष दिवस मनाउन लागेको हो ।दैनिक जीवनमा अन्तरिक्षमा आधारित प्रविधिको प्रयोग वृद्धि गर्नका लागि अन्तरिक्ष दिवसका अवसरमा विभिन्न प्रदर्शनी तथा सम्मेलनको आयोजना गरिने कार्यक्रम छ ।

त्यसबाहेक अन्तरिक्षसम्बन्धी विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित र्ग समेत यो दिवसले मद्दत गर्ने अपेक्षा गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका