जोडिनुहोस
  • होमपेज
  • प्रेस कार्डको दुरुपयोग गर्नेलाई कारबाही गर्ने अध्यक्ष बस्नेतको चेतावनी

प्रेस कार्डको दुरुपयोग गर्नेलाई कारबाही गर्ने अध्यक्ष बस्नेतको चेतावनी

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘प्रेस कार्ड’को दुरुपयोग गर्ने पत्रकारलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रेस काउन्सिल नेपालले बुधबार काउन्सिलमा आयोजना गरेको विद्यार्थीसँगको मिडिया अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले प्रेस कार्डको दुरुपयोग गर्नेलाई हदैसम्मको कारबाही गर्ने बताएका हुन् ।

उनले समाजलाई तर्साउन र धम्क्याउन नभई सिर्जनात्मक काम गर्नका लागि व्यवस्था गरिएको प्रेस परिचयपत्रको सदुपयोग हुनुपर्ने बताए । “पछिल्लो समयमा प्रेस पास दुरुपयोग भएको विषयमा धेरै गुनासा आउने गरेका छन् । त्यसलाई ध्यानमा राखी छानबिन भइरहेको छ,” अध्यक्ष बस्नेतले भने । उनले सामाजिक सञ्जाल र आमसञ्चार माध्यमबाट सम्प्रेषित समाचार सामग्रीले नागरिकमा अन्योल र समस्या सिर्जना गरेकाले त्यसलाई सम्बोधन गर्न मिडिया साक्षरता आवश्यक भएको बताए ।

“काउन्सिलले युट्युब माध्यमलाई व्यवस्थित बनाउन मापदण्ड बनाएर आवश्यक नियमन गर्दै आएको छ,” उनले भने । प्रेस कार्डको दुरुपयोग गरी धम्क्याउने, ‘बार्गेनिङ’ गर्नेलगायतलाई काउन्सिलले जारी गरेको पत्रकार परिचयपत्र खोस्ने, आचारसंहिता कक्षामा सहभागी गराउने, कालोसूचीमा राख्ने, विज्ञापन रोक्ने तथा साइबर र अन्य अपराधजन्य अभियोगमा अनुसन्धान गर्ने निकायसँग सहकार्य गरी कारबाही गर्दै आएको अध्यक्ष बस्नेतले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका