जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्, टिकटक प्रतिबन्ध हट्ने सम्भावना

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्, टिकटक प्रतिबन्ध हट्ने सम्भावना

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे बस्नेगरी बोलाइएको हो ।

मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्ने सम्भावना छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिस्तरीय निर्णय गरेर टिकटक खोल्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गर्ने जनाइएको छ ।

प्रतिबन्ध हटाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो राख्दै त्यसबारे आवश्यक छलफल गर्न सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई निर्देशन दिएका थिए । टिकटकले सञ्चारमन्त्री गुरुङलाई सम्बोधन गरेर प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गर्दै पत्र लेखेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका