जोडिनुहोस
  • होमपेज
  • पार्टी फुटको हल्ला खारेज भइसक्यो, मिडिया ट्रायल नगरौं : प्रचण्ड

पार्टी फुटको हल्ला खारेज भइसक्यो, मिडिया ट्रायल नगरौं : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी फुटको हल्ला स्थायी कमिटी बैठकले खारेज गरिसकेको टिप्पणी गरेका छन् । बुधबारदेखि सुरु भएको बागमती प्रदेश परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।

पार्टी फुट्छ भन्ने हल्ला स्थायी कमिटीको बैठकले खारेज गरेको स्पष्ट गर्दै उनले यस विषयमा मिडिया ट्रायल नगर्न पनि नेताहरुलाई सचेत गराए । आजसम्म चल्ने यस बैठकमा पार्टीका बागमती प्रदेशका केन्द्रीय सदस्य र सांसदहरु सहभागी रहेका छन् । यस बैठकले पार्टीको आगामी कार्यदिशा र रणनीतिबारे सुझाव दिने बताइएको छ ।

गत साउन २५ देखि ३१ गतेसम्म चलेको स्थायी समिति बैठकले प्रदेश परामर्श समितिको बैठक बस्ने निर्णय गरेअनुसार माओवादी केन्द्रको बागमती प्रदेशको परामर्श बैठक आजदेखि शुरु भएको छ । माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक अघि सातै प्रदेशको परामर्श बैठक गर्ने भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका