
त्रिवेणी । रुकुम पूर्वमा अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ भने अर्का बिरामी परेका छन् । जिल्लाको भूमे गाउँपालिका–९ चनवाङका २७ वर्षीया न्युटन घर्तीको बिहीबार बिहान उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको हो ।
अरिङ्गालले चिलेर घाइते भएका सिस्ने गाउँपालिका–७ नाथिघाटका २४ वर्षीया कमल रेउलेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।
उनकाअनुसार सिस्ने गाउँपालिका–५ स्थित धौलापैरा जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा बुधबार साँझ घर्ती र रेउलेलाई चिलेर बिरामी भएका थिए । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो ।