
काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
शुक्रबार सुन तोलामा ५ सयले घटेर एक लाख ५१ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस अघि बिहीबार सुनको मूल्य १ लाख ५१ हजार ९ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले घटेर १८१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।