
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अहिलेको सरकारप्रति व्यवसायीहरू सकारात्मक रहेको बताएका छन् ।
शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘समृद्ध अर्थतन्त्र निर्माणको आधार ः सवल निजी क्षेत्र र बलियो पूर्वाधार’ कार्यक्रममा उनले यस्तो बताएका हुन् । नीतिनियम लगानीमैत्री हुनुपर्ने, उद्योगीलाई कस्ने खालको हुन नहुने, नीतिगत व्यवस्था आवश्यकता अनुसार मात्रै परिवर्तन हुनुपर्नेमा उनको जोड छ ।
“नियन्त्रण गर्ने मनसायले ऐन नियम आउनु हुँदैन । अख्तियारले निजी क्षेत्रलाई हेर्ने नियम उचित होइन,” उनले भने ।