जोडिनुहोस
  • होमपेज
  • मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ जनाको शव फेला

मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ जनाको शव फेला

काठमाडौं । मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ जनाको शव फेला परेको छ । १६ जनाको जिवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

शुक्रबार बिहान पोखरा हुँदै काठमाडौं आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनीबाट मर्स्याङ्दी नदीमा खसेको थियो । उक्त बसमा ४१ यात्रु सवार रहेको खुलेको छ । यात्रुबारे थप विवरण आउन बाँकी छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका