जोडिनुहोस
  • होमपेज
  • बंगलादेशी क्रिकेट अलराउन्डर साकिबविरुद्ध हत्या आरोपमा उजुरी

बंगलादेशी क्रिकेट अलराउन्डर साकिबविरुद्ध हत्या आरोपमा उजुरी

काठमाडौं । बंगलादेशी क्रिकेट टिमका अलराउन्डर साकिब अल हसनविरुद्ध हत्याको आरोपमा उजुरी दर्ता भएको छ । साकिबमाथि मृतक रुबेलका बुवा रफिकल इस्लामले हत्या आरोपसहित उजुरी दर्ता गरेका हुन् ।

रुबेलले ढाकास्थित अडाबोर प्रहरी चौकीमा उजुरी दर्ता गराएको बंगलादेशी सञ्चार संस्था ढाका ट्रिब्युनले जनाएको छ ।ढाका ट्रिब्युनका अनुसार साकिब यस मुद्दाका २८औँ आरोपी हुन् । यस उजुरीका अन्य आरोपीमा बंगलादेशकी पूर्वप्रधानमन्त्री सेख हसिनासँगै १५४ जना अन्य व्यक्ति पनि छन् ।

उजुरीअनुसार अगस्ट ५ मा भएको आन्दोलनमा रुबेल पनि सहभागी थिए । अडाबोर रिङ रोडमा भएको उक्त र्‍यालीमा एक व्यक्तिले पूर्वयोजनाअनुसार बन्दुक प्रहार गरेको र उक्त भिडमा रहेका रुबेलको छातीमा गोली लागि ढलेको उल्लेख छ । घटनामा घाइते भएका रुबेललाई अस्पताल पुर्याइए पनि अगस्ट ७ मा उनको मृत्यु भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका