जोडिनुहोस
  • होमपेज
  • कुलपतिको विरोध गर्दै त्रिविमा विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

कुलपतिको विरोध गर्दै त्रिविमा विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- संयुक्त विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा भइरहेको सरकार सरक्षित आतंक अविलम्ब बन्द गर्न माग गरेका छन् ।

देशका सबै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकहरूमाथि आक्रमण गर्ने व्यक्ति र समूलाई पक्राउ गरी कडा कार्वाही गर्न उनीहरूले माग गरेका छन् ।

उनीहरूले त्रिवि कुलपतिसमेत रहेका प्रधानमन्त्रीले अनावश्यक हस्तक्षेप गरेको भन्दै विरोध गरेका छन् । कुलपतिको राजनीतिक हस्तक्षेपका कारण विश्वविद्यालय धरासायी भएको बताएका छन् । उनीहरूले त्रिविमा पछिल्लो समय भइरहेको नांगो हस्तक्षेप, गुण्डागर्दी र राज्यसंरक्षित आतंकविरुद्ध संयुक्त विरोध कार्यक्रम गरेका हुन् । विद्यार्थीहरू जम्मा भएर शुक्रबार दिउँसो त्रिवि उपकुलपति कार्यालयमा प्रदर्शन गरेका छन् ।

पछिल्लो केही सातायता त्रिवि मानविकी तथा समाज शास्त्र संकायको विभागीय प्रमुख नियुक्तिलाई लिएर तनाव बढेको छ । केही विद्यार्थीहरूले विभागीय प्रमुख नियुक्तिलाई लिएर त्रिविका पदाधिकारीलाई मार्नेसम्मको धम्की दिएको समाचारबीच प्रदर्शन भएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका