जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा ६ महिनामा १ हजार ६ सयभन्दा धेरै बाल दुर्व्यवहारका घटना

पाकिस्तानमा ६ महिनामा १ हजार ६ सयभन्दा धेरै बाल दुर्व्यवहारका घटना

काठमाडौँ– पाकिस्तानमा यस वर्षको मध्यसम्म १ हजार ६ सयभन्दा धेरै बाल दुर्व्यवहारका घटना भएको पाइएको छ । पाकिस्तानको गैर सरकारी संस्था साहिलले जारी गरेको प्रतिवेदनमा यस वर्षको मध्यसम्म १ हजार ६ सय ३० वटा बाल दुर्व्यवहारका घटना भएको उल्लेख छ ।

यीमध्ये ८ सय ६२ घटना बाल यौन दुर्व्यवहारसँग सम्बन्धित छन् भने ६ सय ६८ घटना अपहरणसँग सम्बन्धित रहेको जनाइएको छ । त्यसैगरी, १८ वटा बालविवाहका घटना भएको र ४८ वटा बालबालिकासँग सम्बन्धित अश्लील चलचित्रका घटना भएका छन् । प्रतिवेदनका अनुसार ९ सय ६२ अर्थात् ५९ प्रतिशत घटनामा बालिका पीडित भएका छन् भने ६ सय ६८ अर्थात् ४१ प्रतिशत घटनामा बालक पीडित भएका छन् ।

यस वर्षको जनवरीदेखि जुन महिनासम्म विभिन्न राष्ट्रिय तथा क्षेत्रीय अखबारमा आएका समाचारका आधारमा साहिलले यो प्रतिवेदन जारी गरेको हो । साहिल सन् १९९६ देखि पाकिस्तानमा बालबालिकाको हितमा सक्रिय छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका