जोडिनुहोस
  • होमपेज
  • रवि लामिछानेसँग संसदीय छानबिन समितिले लियो बयान

रवि लामिछानेसँग संसदीय छानबिन समितिले लियो बयान

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले लामिछानेलाई बयान लिएको हो । गोरखा मिडियामा विभिन्न सहकारीबाट गैरकानुनी रूपमा बचतकर्ताको रकम लगानी गरिएको बताइएको छ । यही विषयलाई लिएर केही महिनाअघि सदनमा हंगामा भएपछि छानबिन समिति गठन गरिएको थियो ।

गोरखा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम लगाएतका सहकारीबाट रकम सारिएको आरोप छ । त्यस्तै, समितिले शुक्रबार नै गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीसँग पनि बयान लिएको थियो । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न संसद्ले छानविन समिति गठन गरेको थियो । समितिको तीन महिनाको समयअवधि भदौ २३ गते सकिँदैछ । उक्त समयअवधिभित्रै प्रतिवेदन बुझाउने गरी प्रतिवेदनको मस्यौदा समेत तयार भइरहेको समितिले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका