जोडिनुहोस
  • होमपेज
  • तनहुँ बस दुर्घटनाका घाइतेलाई भेट्न भारत सरकारका मन्त्री नेपाल आउँदै

तनहुँ बस दुर्घटनाका घाइतेलाई भेट्न भारत सरकारका मन्त्री नेपाल आउँदै

काठमाडौं– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनामा घाइते भएका यात्रुलाई भेट्न र मृतकको शव लिन भारत सरकारका केन्द्रीय मन्त्री आज काठमाडौं आउँदै छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज काठमाडौं आउन लागेकी हुन् । उनको साथमा महाराष्ट्र जलगांवका एकजना विधायक पनि आउने बताइएको छ । मन्त्री खडसे काठमाडौँ आए लगत्तै दुर्घटनामा घाइते भइ उपचाररत यात्रुको स्वास्थ्य अवस्था बुझ्न टिचिङ अस्पताल महाराजगन्ज जाने कार्यक्रम छ ।

दुर्घटनामा घाइते भएका १६ भारतीय यात्रुको महाराजगंजस्थित टीचिंग अस्पतालमा उपचार भइरहेको छ।दुर्घटनामा सामान्य घाइते भएका तीन जनालाई काठमाडौँस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका