जोडिनुहोस
  • होमपेज
  • रक्षा सहकार्य बढाउन जर्मनी र फिलिपिन्स सहमत

रक्षा सहकार्य बढाउन जर्मनी र फिलिपिन्स सहमत

काठमाडौं– दक्षिण चीन सागरमा बढ्दो तनावबीच फिलिपिन्स र जर्मनी रक्षा सम्झौता गर्न सहमत भएका छन् ।

फिलिपिन्सका राष्ट्रिय रक्षामन्त्री गिल्बर्टो थेयोडोरो र जर्मनीका संघीय रक्षामन्त्री बोरिस पिस्टोरियसबीच रक्षा मामिलामा सहकार्य बढाउने सहमती भएको हो ।फिलिपिन्सको राजधानी मनिलामा भएको दुई रक्षामन्त्रीबीचको बैठकमा सो सहमती भएको अरब न्युजले जनाएको छ ।

कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा आयोजित बैठकमा दुई नेताबीच दुई मुलुकका सेनाबीच सहकार्य बढाउने सहमति समेत भएको हो ।फिलिपिन्सको रक्षा बलको क्षमता बढाउनका लागि अमेरिकाले ५० लाख अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेको केही दिनलगत्तै फिलिपिन्स र जर्मनीबीच यस्तो सहमती भएको हो । पछिल्लो समय चीनले दक्षिण चीन सागरमा चिनियाँ अतिक्रमण बढाइरहेको भन्दै फिलिपिन्सले आपत्ति जनाउँदै आएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका