जोडिनुहोस
  • होमपेज
  • नाइजेरियामा अपहरणमा परेका २० जना विद्यार्थीको उद्धार

नाइजेरियामा अपहरणमा परेका २० जना विद्यार्थीको उद्धार

नाइनेरिया– अपहरणमा परेका २० जना नाइजेरियाका मेडिकल विद्यार्थी एक हप्ताभन्दा लामो समयपछि उद्धार गरिएको प्रहरीले शनिबार जनाएको छ ।

बन्दुकधारीहरूले विद्यार्थीलाई अगस्ट–१५ मा बेन्यु राज्यमा आयोजित एक शैक्षिक सम्मेलनमा जाँदै गर्दा अपहरणमा गरी फिरौतीको माग गरेको प्रहरीले जनाएको थियो ।

प्रहरीले विज्ञप्तिमार्फत मैदुगुरी विश्वविद्यालय र जोस विश्वविद्यालयका अपहरण भएका विद्यार्थीहरू रिहा भएको पुष्टि गरेको हो । प्रहरी प्रमुखले यस हप्ता नाइजेरियामा अपहरणमा परेका पीडितहरू पत्ता लगाउन बेन्युमा ‘रणनीतिक टोली’ तैनाथ गरेको बताए। एनआइएमएसए नेसनल मेडिकल स्टुडेन्ट एसोसिएसनका महासचिव फर्च्युन ओलेले विज्ञप्तिमार्फत विद्यार्थीसँग फोनमा कुरा गरेको र उनीहरू सुरक्षित रहेको बताएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका