जोडिनुहोस
  • होमपेज
  • दमक नगरपालिकामा सरकारी सम्पत्तिको दुरुपयोग, गाडीको लस्कर लगाएर दारु खान ७० किलोमिटर

दमक नगरपालिकामा सरकारी सम्पत्तिको दुरुपयोग, गाडीको लस्कर लगाएर दारु खान ७० किलोमिटर

झापाको दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापा सुशासनको भाषण दिएर थाक्दैनन् । दुई वर्षअघि दमकको नगर प्रमुखमा निर्वाचित हुँदै गर्दा हौसिएर नगरको पैसाबाट चिया पनि नखाने घोषणा गरेका थिए ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकको बायोमा लेखेका छन्– ‘म यस दमक सहरलाई कमाई खाने भाँडो हैन, जनताको सेवा गर्ने परिसर बनाउन आएको हो । सेवा गर्ने मौका दिनुहोस् ।’ मेयर थापा आवद्ध पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि ‘भ्रष्टचार गर्नु आमाको रगत खानु हो’ भन्दै हिँड्छन् । तर, लिङ्देनका प्रदेश अध्यक्ष राम थापाले जितेको दमकमा भने थापाका आसेपासेको रजगज छ ।

मेयर थापाले आफ्ना स्वकीय सचिव तथा राप्रपा नेता बाँसुदेव भट्टराईलाई नगरपालिकाका ४ वटा सरकारी गाडी जिम्मा लगाएर अन्य कर्मचारी र पार्टी नेतालाई जाँड खान ७० किलोमिटर टाडा पहाडी क्षेत्र इलामको रोङ–६ स्थित सलकपुर पठाएका छन् । नगर प्रमुख थापा चड्ने मे १ झ ११८ नम्बर, यस्तै, उपमेयर चड्ने मे१झ १३२ नम्बरको गाडी र अन्य दुईवटा नगरपालिकाका सरकारी गाडी दिएर जनप्रतिनिधि, कर्मचारी, ठेकेदार र नेतालाई जाँड खान र ‘गुड फ्राइडे’ मनाउन सलकपुर पठाएका हुन् ।

सलकपुरको एक होटलमा उनीहरुले बियर, ओल्ड दरबार नमक रक्सी र अन्य रक्सीसमेत खाएका थिए । उक्त भिडियो हामीसँग सुरक्षित छ । भिडियोमा हेर्दा त्यहाँ पुगेका जनप्रतिनिधि, नेता, ठेकेदार र कर्मचारी हुक्काको धुँवासँग रमाइरहेका छन् ।

सरकारी गाडीको दुरुपयोग गर्दै रक्सी र हुक्काको धुवाँसँग रमाउन दमक ३ का वडाध्यक्ष नवीन बराल, ठेकेदार राजकुमार थापा, नगर प्रमुखका स्वकीय सचिव तथा राप्रपा नेता बाँसुदेव भट्टराई, नगरप्रमुखले एउटा सडक निर्माण उपभोक्ता समितिको अध्यक्ष भनाइदिएका नारायण घिमिरे, कर्मचारी केशव प्रसाईं, भरत गौतम, कमलप्रसाद दाहाललगायत १८–१९ जनाको जम्बो टोली रक्सी खानका लागि सरकारी गाडी र सम्पीत्तको दुरुपयोग गर्दै सलकपुर पुगेका थिए । उनीहरुले आफूहरु कार्यक्रमका लागि आएको बताए पनि अन्य कुनै कार्यक्रम भने थिएन । उनीहरुले  सरकारी गाडी दुरुपयोगको भिडियो नखिच्न भन्दै खिचेमा भिडियो खिच्ने पत्रकारको भिडियो खिचेर भाइरल भनाउने धम्कीसमेत दिन भ्याए । सुशासनको गफ दिएर नथाक्ने पार्टीका मेयर थापाले यसरी सरकारी सम्पत्तिको चरम दुरुपयोग गर्नेलाई कारबाही गर्छन् कि गर्दैनन् त्यो भने हेर्न बाँकी छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका