जोडिनुहोस
  • होमपेज
  • प्राधिकरणको बक्यौताबारे प्रचण्ड र शक्ति बस्नेतलाई स्पष्टीकरण सोधौँ : योगेश भट्टराई

प्राधिकरणको बक्यौताबारे प्रचण्ड र शक्ति बस्नेतलाई स्पष्टीकरण सोधौँ : योगेश भट्टराई

काठमाडौं- सत्तारूढ नेकपा (एमाले) का सचिव एवम् प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले डेडिकेटेड र ट्रंक लाइन विवादमा नेकपा (माओावादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्पष्टीकरण सोध्नुपर्ने बताएका छन् ।

आइतबार सार्वजनिक लेखा समितिमा उक्त विवादबारे छलफल चलिरहेका बेला उनले यस्तो बताएका हुन् । समितिको बैठकमा बोल्दै नेता भट्टराईले प्रचण्ड र तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग स्पष्टीकरण सोध्नुपर्ने बताएका हुन् । डेडिकेटेड र ट्रंक लाइन विवाद विगत ९ वर्षदेखि जारी छ । उक्त विवाद समाधानका लागि अघिल्लो प्रतिनिधि सभाको अवधिमा सार्वजनिक लेखा समितिले उपसमिति बनाएर छानबिन गरेको थियो ।

त्यसबेला उक्त समितिका संयोजक नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल थिए । समितिले दिएको प्रतिवेदन पनि प्रचण्ड नेतृत्वको सरकारले बेवास्ता गरेको भट्टराईले बताए । प्रचण्ड नेतृत्वको सरकारले नेपाल विद्युत् प्राधिकरणले उठाउनुपर्ने १६ अर्ब रुपैयाँ मिनाहा दिने निर्णय गरेको दाबी पनि भट्टराईको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका