जोडिनुहोस
  • होमपेज
  • हाम्रो सहभागिताबिना संविधान संशोधन सम्भव छैन : माधव नेपाल

हाम्रो सहभागिताबिना संविधान संशोधन सम्भव छैन : माधव नेपाल

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूको सहभागिताबिना संविधान संशोधनको सम्भावना नरहेको बताएका छन् । सत्तासाझेदार दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)ले अपारदर्शी ढंगले उक्त प्रस्ताव ल्याएको उनले जिकिर गरे ।

आइतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा उनले सरकारमा सहभागी नभएका दलहरूको संख्याले संविधान संशोधन गर्न नदिने स्पष्ट पारे । आफूहरूको सहभागिताबिना संविधान संशोधन सम्भव होला भन्ने कसैले ठानेको भए त्यो गलत हुने उनको भनाइ थियो ।

संविधान संशोधन गर्ने कांग्रेस–एमालेको सहमति मध्यरातमा भएकाले त्यो आफैँ सन्देहास्पद रहेको उनले दोहो¥याए । उनले संविधान संशोधन आवश्यक भएको उल्लेख गर्दै त्यसमा खुला बहस गरेर अघि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले नेपालमा दुई पार्टी पद्धति सम्भव नरहेको पनि बताए ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका