जोडिनुहोस
  • होमपेज
  • भारतका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना

भारतका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना

भारतीय मौसम विज्ञान विभाग आईएमडीले केही राज्यहरूमा ठूलो पानी पर्ने चेतावनी दिएको छ । आईएमडीका अनुसार गुजरात, गोवा र महाराष्ट्रमा आउँदो बिहीवारसम्म वर्षा हुने सम्भावना छ । विभागले उत्तर–पश्चिम, मध्य प्रदेश र छेउछाउको पूर्वी राजस्थानका ठाउँहरू जोखिमयुक्त रहेको बताएको छ ।

गएराति विकसित भएको ठूलो पानी पार्ने प्रणाली राजस्थानको चित्तोडगढबाट ७० किलोमिटर दक्षिण–पूर्वमा केन्द्रित थियो । अब पश्चिम–दक्षिणतर्फ सर्ने अनुमान गरिएकोले दक्षिण राजस्थान र गुजरातको मौसमलाई असर गर्ने तथा अगस्ट २९ सम्म यसको प्रभाव सौराष्ट्र, कच्छ र पाकिस्तानका केही भागहरूमा देखिने पूर्वानुमान रहेको बीबीसी हिन्दीले जनाएको छ ।

यसैबीच बङ्गलादेशको गङ्गा नदीको समतल क्षेत्रमा र पश्चिम बङ्गालको छेउछाउमा अर्को न्यून चापीय क्षेत्र बनेको त्यहाँको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभाव उत्तरी ओडिशा र झारखण्डमा देखिनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका