जोडिनुहोस
  • होमपेज
  • प्रा.डा. रमेश चोखानी हिमाल अस्पतालमा सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिस्टको रुपमा नियुक्त

प्रा.डा. रमेश चोखानी हिमाल अस्पतालमा सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिस्टको रुपमा नियुक्त

काठमाडौं ।  हिमाल अस्पतालको सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिस्टको रुपमा प्रा. डा. रमेश चोखानी नियुक्त भएका छन ।

हिमाल अस्पतालमा आयोजित एक कार्यक्रमका बिच विशिष्ट वरिष्ठ परामर्शदाता पल्मोनोलोजिस्ट तथा ब्रोन्कोस्कोपिस्ट प्रा डा रमेश चोखानीलाई हिमाल अस्पतालका कार्यकारी अध्यक्ष प्रा डा लोकविक्रम थापाले नियुक्त गरेका हुन ।

 

चोखानीले लामो समयदेखि एक अग्रणी छाती चिकित्सकका रूपमा राष्ट्रको सेवा गरेका छन । नेपालको दोस्रो पुरानो निजी मल्टिस्पेशलिटी अस्पतालको रुपमा परिचित हिमाल अस्पतालले चार दशकभन्दा बढी समयदेखि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको हिमाल अस्पतालका कार्यकारी अध्यक्ष प्रा डा लोकविक्रम थापाले बताए । साथै टोलीमा डा। चोखानी थपिएपछि अस्पतालको पल्मोनोलोजी विभागलाई थप बलियो बनाउने र बिरामीको हेरचाहमा सुधार हुने अपेक्षा लिइएको उनले भने”।

स्वागत समारोहमा अस्पतालका वरिष्ठ सल्लाहकार डा. शशिकुमार थापा (सिनियर कन्सल्टेन्ट ग्यास्ट्रोएन्टेरोलजी/हेपाटोबिलरी), प्रबन्ध निर्देशक श्री नवीन ताम्ली, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र केसी, परामर्शदाता चिकित्सक तथा विभाग प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका