जोडिनुहोस
  • होमपेज
  • गौरा पर्वको कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

गौरा पर्वको कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

सैनिकमञ्चमा सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी भएको छ । गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै पुगेका ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेको हो ।

‘केपी …रो पाराले, दुस्ख पाए साराले, केपी ‘र, देश छोड’ जस्ता अमर्यादित नाराबाजी युवाहरूले गरेका हुन् । मञ्चमा कांग्रेस सभापति देउवासँगै रहेका ओलीविरुद्ध चर्को नाराबाजी र हुटिङ भइरहँदा आयोजकले शान्त बनाउने कोसिस गरेका थिए । तर अराजक शैलीमा युवाहरूले अश्लील शब्दसहित गौरा पर्व कार्यक्रमस्थलमा नाराबाजी गरेका हुन् ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले उक्त नाराबाजीप्रति असन्तुष्टि जनाए । उनले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण रहेको उल्लेख गरे । ‘नेपालीको परिचय मेलमिलाप हो । तर कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको छ’, उनले भने । उक्त कार्यक्रममा प्रधानमन्त्री ओली प्रमुख अतिथि र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विशेष अतिथिका रुपमा पुगेका थिए । गौरापर्वको सन्दर्भमा अतिथि बन्न पुगेका ओलीविरुद्ध दर्शकदीर्घाबाट स्वागतको सट्टा अपमानको वर्षा भएपछि आयोजकले पनि चित्त दुखाएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका