जोडिनुहोस
  • होमपेज
  • एकीकृत समाजवादीमा पदाधिकारी चुन्न चुनावको तयारी

एकीकृत समाजवादीमा पदाधिकारी चुन्न चुनावको तयारी

एकीकृत समाजवादीमा पदाधिकारी चयनका लागि चुनाव गर्ने तयारी भएको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले नै चुनाव गर्ने तयारीबारे जानकारी गराएका हुन् । यद्यपि अन्तिमसम्म सहमतिको प्रयास हुने उनले बताएका छन् । आइतबार सुरुमै बोलेका झलनाथ खनाल सहितका नेताहरुले महाधिवेशनको म्याण्डेट नै सहमति भएको बताएका थिए । तर आकांक्षी धेरै भएकाले सहमति सजिलो छैन । ‘निर्वाचन कार्यक्रम प्रकाशित गर्ने तयारी भइरहेको छ’, नेता जगन्नाथ खतिवडाले भने, ‘भोलि चुनाव हुन्छ ।’

एकीकृत समाजवादीको महाधिवेशनले माधवकुमार नेपाललाई अध्यक्ष र घनश्याम भुसाललाई महासचिव चयन गरेको थियो । दुई पटक गरेर केन्द्रीय कमिटीलाई पूर्णता दिएका नेताहरुले अझैसम्म पदाधिकारी चयन गर्न सकेका छैनन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका