
काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
मंगलबार सुन स्थिर रहँदै तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस अघि सोमबार सुनको मूल्य १ लाख ५२ हजार ३ सयमै कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।