जोडिनुहोस
  • होमपेज
  • सरकारले तत्काल साझा न्यूनतम कार्यक्रम ल्याओस् ; सांसद केसी

सरकारले तत्काल साझा न्यूनतम कार्यक्रम ल्याओस् ; सांसद केसी

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अहिलेको एमाले–कांग्रेसको संयुक्त सरकारले तत्कालै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै केसीले अहिलेको गठबन्धन सरकारले गरेको सहमतिको पात्र आफू रहे पनि अहिलेसम्म साझा न्यूनतम कार्यक्रम सार्वजनिक नहुनु राम्रो कुरा नभएकाले तत्काल सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

जनतामा देखिएको निराशा चिर्न र अविश्वासलाई विश्वासमा बदल्नका लागि पनि सुशासनको प्रतिबद्धता सहित साझा कार्यक्रम आउनुपर्ने उनको भनाइ छ । केसीले अहिलेको सरकार असफल भए समग्र व्यवस्था असफल हुने भन्दै व्यवहारमा दुई दलले सुशासनका लागि काम गर्नुपर्नेमा जोड दिए ।

उनले चर्चित भ्रष्टाचार काण्डको राष्ट्रिय रूपमा छानबिनका लागि प्रधानन्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गर्न सुझाव दिए । निष्पक्ष काम गर्ने आयोग बनाउने कुरा अहिलेको राष्ट्रिय आवश्यकता भएको उनको भनाइ छ । उनले भ्रष्टाचारमा पाँच वर्षको हदम्याद राखिएकोमा आपत्ति जनाउँदै यस्तो प्रावधानसहितको विधेयक फिर्ता गरिनुपर्ने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका