जोडिनुहोस
  • होमपेज
  • सेयर कारोबारमा उच्च गिरावट, नेप्से २७८६ अंकमा

सेयर कारोबारमा उच्च गिरावट, नेप्से २७८६ अंकमा

बुधबार सेयर बजारमा तीव्र उतारचढावबीच अन्ततः सामान्य अंक बढेको छ । कारोबार सुरु भएपछि सवा १२ बजे बजार बढेर २८६० अंकसम्म पुगे पनि त्यो वृद्धिमा टिक्न सकेन । अन्ततः बजार २७८६ अंकमा बन्द भयो । जुन अघिल्लो दिनको तुलनामा ३.८ अंक बढेको हो । दिउँसो २ ; ०४ बजे बजार २७६२ अंकसम्म झरेको थियो ।

बजार सामान्य अंक बढ्दा कारोबार रकममा भने उच्च गिरावट आएको छ । अघिल्लो दिन १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १३ अर्ब ७२ करोडमा खुम्चियो ।

यस दिन बैंकिङ समूहको सूचक ०.९२, होटल तथा पर्यटन ०.०९, हाइड्रोपावर ०.४९, लगानी १.०१, उत्पादन ०.०३, अन्य ०.०९ प्रतिशत बढे । विकास बैंक ०.८०, फाइनान्स १.६९, जीवन बीमा ०.४४, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा ०.९७ तथा व्यापार समूह १.४३ प्रतिशत घटे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका