जोडिनुहोस
  • होमपेज
  • जापानमा आँधीपछि गएको पहिरोमा चार जना बेपत्ता

जापानमा आँधीपछि गएको पहिरोमा चार जना बेपत्ता

जापानमा आँधी र भारी वर्षापछि आएको बाढीसँगै र गएको पहिरोले एउटै परिवारका चार सदस्य बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । सानसान नामक चक्रवात बुधबार बिहान दक्षिणी अमामी द्वीपसमूहबाट ८० किलोमिटर उत्तरपूर्वमा २५२ किलोमिटर प्रति घण्टाको गतिमा आएको थियो ।

अधिकारीहरूका अनुसार भारी वर्षाले मङ्गलबार राति आइची प्रान्तको गामागोरी सहरमा घर बगाउँदा उनीहरूको बेपत्ता भएका हुन् । एकै परिवारका पाँच जना सदस्य बसेको घर पहिरोले प्रभावित हुँदा एक जनालाई उद्धार गरिएको तथा अन्य चार जनाको खोजी जारी रहेको गामागोरीका एक अधिकारीले बताए ।

मौसम पूर्वानुमानसम्बन्धी निकायले बुधबार अमामीसहित कागोसिमा प्रान्तमा भारी वर्षाको चेतावनी जारी गर्न सक्ने एजेन्सीका एक अधिकारीले पत्रकार सम्मेलनमा बताए । चक्रवातका कारण जापानमा एयरलाइन्सहरूले दर्जनौँ उडानहरू रद्द गरेका छन् भने यस हप्ता बुलेट ट्रेन सञ्चालन स्थगित हुनसक्ने बताइएको छ । अधिकारीहरूले सानसान चक्रपात यस हप्ता मुख्य दक्षिणी टापु क्युशुतिर जाने अनुमान गरिएको थियो ।

यस क्षेत्रमा टाइफुन तटरेखाको नजिक बनिरहेकाले जलवायु परिवर्तनका कारण भूमिमा लामो समयसम्म टिक्ने गरेको गत महिना जारी गरिएको एक अध्ययनले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका