जोडिनुहोस
  • होमपेज
  • संसदीय समितिमा प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु

संसदीय समितिमा प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु

काठमाडौँ– संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु गरेको छ । समितिले आइतबारबाट विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु गरेको हो ।

आइतबार चीनका लागि प्रस्तावित नेपाली राजदूत कृष्णप्रसाद ओली, डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरलगाएतसँग समितिले सुनुवाइ गरेको थियो ।

सो क्रममा प्रस्तावित राजदूतहरूले आ–आफ्नो कार्य योजना प्रस्तुत गरेका थिए । चीनका लागि प्रस्तावित नेपाली राजदूत ओलीले चीन–नेपालबीच भएका सम्झौता कार्यान्वयनमा आफूले पहलकदमी लिने बताए ।

नेपालका विभिन्न क्षेत्रहरूमा चिनिया लगानी प्रवर्द्धन गर्न पहल गर्ने, नाका खोल्ने र खोलेका नाकालाई व्यवस्थित गर्नका लागि पनि आफूले काम गर्ने उनले बताए ।

१७ देशका लागि प्रस्तावित राजदूतविरुद्ध समितिमा १० वटा उजुरी परेका छन् । यसअघि समिति शुक्रबार उजुरीकर्ताहरुसँग छलफल गरेको थियो ।

समितिले २२ गतेसम्म निरन्तर प्रस्तावित राजदूतको सुनुवाइ गर्ने र भदौ २४ गते र २५ गते छलफल गरी निर्णय गर्ने गरी कार्यपालिका बनाएको छ ।

सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफारिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका