
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आइतबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीलगायत अधिकारीसँग छलफल गरेको छ ।
समितिको ४९औँ बैठकमा संघ, प्रदेश र स्थानीय सरकारअन्तर्गत सञ्चालित सहकारीको तथ्यगत विवरण प्राप्त गर्ने विषयमा उक्त छलफल गरिएको हो । बैठकमा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, मन्त्रालयका सचिव भरतमणि सुवेदीलगायत अधिकारी उपस्थित थिए ।