जोडिनुहोस
  • होमपेज
  • एन्फा महिला लिग – कोशीको विजयी सुरुवात

एन्फा महिला लिग – कोशीको विजयी सुरुवात

काठमाडौं– एन्फा महिला लिगमा कोशी प्रदेश प्रदेशले विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा कोशीले वालिङ नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

कोशीका लागि सञ्जुमाया तामाङले १० औं मिनेटमा, समिक्षा मगरले ५१ र ५९ मिनेट र प्रतिक्षा राईले ६८औं मिनेटमा गोल गरेका थिइन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सुरु लिगमा १० टिमको सहभागिता छ । त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बाग्मती युथ क्लबका साथै वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिकाको टोली लिगको प्रतिष्पर्धी हो । लिगमा कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पनि सहभागिता छ ।

प्रतियोगिताअन्तर्गत सिङ्गल राउन्ड रोबिनको आधारमा ४५ खेल हुने र सिङ्गल राउन्ड रोबिनबाट उत्कृष्ट पाँच टीमबीच डबल राउन्ड रोबिनका आधारमा सुपर लिगमा २० खेल हुने एन्फाले जनाएको छ । सुपर लिगका उत्कृष्ट चार टीमबीच क्वालिफायर, इलिमिनेटर र फाइनल गरी लिगमा कुल ६९ खेल हुनेछन् । प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख नगद पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका